एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

पुस १७, काठमाडौँ । बिहिबार काठमाडौँमा अवैध रुपमा सुन ल्याउने  एक भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ ।   

काठमाडौँको  त्रिभुवन विमानस्थलमा अवैध रुपमा लुकाएर ल्याएको एक किलो सुन सहित उक्त भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।   

विमानस्थल प्रहरी प्रमुख रामकृपाल साहका अनुसार  फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका ती भारतीय नागरिकलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो   

Image result for पक्राउ

बरामद गरिएको उक्त सुनलाई परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरी प्रमुख  साहले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =