महानगर कप भलिबलकाे ललितपुर र चौतारा फाइनलमा

काठमाडौं, पुस २४। आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन् । 

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौतारा फाइनल पुगेका हुन्  । 

चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्यो । चौताराले महालक्ष्मीलाई २५-१४, ३५-३३, १८-२५ र २५-१७ को सेटमा पराजित गर्यो । 

दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै ललितपुर पनि फाइनलमा पुगेको हो । ललितपुरले कमलामाईलाई २५-१५, २५-१५ र २५-८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो । 

महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् । 

महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ । 

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् । 

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *