ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएपछी प्रेमिकाले गरिन् आत्महत्या

माघ १५, सुर्खेत । ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएपछी एक प्रेमिकाले बियोग सहन नसकेर आत्महत्या गरेकी छिन् । 

मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिकै  भे १ ख २२४२ को टिपरले   ट भे १ प २१७८ नम्बरको  मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक  २१ वर्षिय केशरबहादुरको सिंहको मृत्यु भएको थियो ।   

सोही बियोग सहन नसकेर उनीको प्रेमिका अरुणा शाहीले आत्महत्या गरेकी हुन् । सिंहको शव देखेलगत्तै घर फर्किएकी शाहीले  झुण्डिएर आत्महत्या गरेकी हुन् ।     

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले ठक्करबाट मृत्यु भएपछि सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले बिभिन्न नाराबाजी गरी प्रदशर्न समेत गरेका थिए ।   

यसै क्रममा  प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले २ राउन्ड हवाइ फायर गर्दा  ८ जना  घाइते भएका थिए भने हिजो ६ः३० बजेदेखि आज बिहान ६ बजेसम्मको लागि  कर्फ्यु समेत जारी गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *