नेपालीहरु निराश हुनुपर्ने कुनै कारण छैनः कांग्रेस प्रवक्ता शर्मा

पुस २०, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। 

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरेका हुन्। 

उनले भन्, ‘शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस्। सबै सरकारलाई सघाउनुपर्छ। सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घच्घच्याउनुपर्छ।’ 

Image result for विश्वप्रकाश शर्मा

प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे। 

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताए। विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो ।   

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै धन्यवाद दिए। 

स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =