प्रहरी हौं भन्दै धम्काउने दुई जना पक्राउ

पुस १७, काठमाडौँ ।  काठमाडौँमा प्रहरी हौं भन्दै धम्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीले काठमाडौँको कागेश्वरी नगरपालिका ७ मुलपानी थापागाउँबाट  ‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थामा ती दुई जनालाई पक्राउ गरेहो हो ।   

महानगरीय प्रहरी बृत्त बौद्धका अनुसार त्यसरी धम्काउने  सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाललाई पक्राउ गरिएको हो । 

Image result for दुई पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँ समेत फेला पारिएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *