सभामुख तटस्थ पद हो यसको पालना गर्नुस् : सभापति देउबा

माघ १४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सभामुख अग्निप्रसाद सापकोटाले विपक्षिदलका नेता भनेकोमा आपत्ति जनाएका छन् । सभामुख पद भनेको तटस्थ र सम्पूर्ण सदनको भएको भन्दै उनले प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका छन् ।   

साथै सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्ने बताए ।   

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले ठूलै सकसका बाबजुत मुस्किलले सभामुख चयन भएकोमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई तथा शुभकामना व्यक्त समेत गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *