आयोगका उपाध्यक्ष गिरीमाथि कारबाही नगरिए आमरण अनशन बस्ने घोषणा

माघ १८, काठमाडौँ । अभियन्ता विजय थापाले माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि लागेको भ्रष्टाचारमाथि छानबिन भएर कारबाही नभए आफू अनशन बस्ने घोषणा गरेका छन् । गिरीमाथि भ्रष्टाचार गरेको आरोप लागेपछि आफूहरुले यसअघि घोषणा गरेका सामाजिक बहिष्कारलगायतका कार्यक्रमहरु गर्ने थापाले बताए । 

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनले माघ २२ गतेसम्म पनि गिरीमाथि कारबाही नभए आफूले आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन् । ‘गिरीमाथि कारबाही भएन भने म त्यही दिन पत्रकार सम्मेलनको घोषणा गरेर अनशन बस्छु ।’ उनले भने । उनले आयोगको ढोकैमा अनशन बस्ने जिकिर गरे ।   

आयोगका उपाध्यक्ष डा. गिरीलाई उन्मुक्ति दिलाउनको लागि विभिन्न प्रपञ्च रचिएको र बि।एण्ड।सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए । उनले भने,‘कारबाही गर्ने हिम्मत भए मलाई गरे हुन्छ ।’ 

उनले अघि भनेका छन्,‘घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिमाथि कुनै छानबिन नहुने अनि जोसँग घुस मागिएको छ, जो स्वम पीडित भएँ भनेर न्याय माग्दै छन । उसैलाई कानुनी डन्डा देखाएर तर्साउने क्रियाकलाप झनै रहस्यमय, षड्यन्त्रपुर्ण रहेको ठहर गरेका छौँ । करोड घुस माग्ने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि घुस्याहालाई उन्मुक्ति दिन ठुलै प्रपन्च रचियो ।’ 

थापाले विभिन्न ११ बुँदे माग अघि सारेका छन् । जसमा मेडिकल कलेजलाई सम्बन्धन दिन २० ९बीस करोड० घुस मागेको आरोपित भ्रष्ट प्रा।डा श्रीकृष्ण गिरीलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरिनुपर्ने रहेको छ ।   

हेर्नुहोस थापाका मागहरु 

१. मेडिकल कलेज लाई सम्बोधन दिन २० (बीस करोड) घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्री कृष्ण गिरिलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरियोस् । 

२. भ्रष्ट प्रा।डा श्रीकृष्ण गिरिले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतीष्ठान (न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाइ ९जुनियर डक्टर ट्रेनिङ० शीर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र ९हेल्थ स्टाटेस्टिक्स० शिर्षकमा प्रदान गर्ने १९ हजार युरोको अनियमितता, भ्रष्टाचार गरेको घटनाको तत्काल छानबिन गरि कारबाही गरियोस् । 

३. २०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा।डा श्रीकृष्ण गिरि माथी चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छरु अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरि के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य जस्ताको त्यस्तै सार्बजनिक गरियोस् । 

४. शिक्षा,स्वास्थ्य,रोजगार लाई मौलिक अधिकारका रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकारको उपयोग गर्न सक्ने ग्यारेन्टीको प्रत्याभूति दिलाइयोस । 

५। काठमाडौं उपत्यका बाहिर तत्काल मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपाल मै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरणको निर्माण गरियोस् । 

६. बङ्लादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका अठार जना डाक्टरहरुको परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरियोस् । 

७. सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा भन्दा कडा कारबाही गरियोस् । 

८. प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा बर्सेनी देश बाहिर बिदेशीने गरेको  ९७०० सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरणको निर्माण गरियोस् । 

९. नेपालमा एमडी तथा पिजी क्लासको कोटा न्युनतम ९१७००० सत्र सय माथी पुर्याउने ब्यवस्था गरियोस् । 

१०. श्रम, रोजगारका नाममा खाडी मुलुक बिदेशी भुमिमा आफ्नो रगतपसिना बेच्न बाध्य हाम्रा दाजुभाइ, दिदिबहिनीहरुलाई ससम्मान ढंगले स्वदेशमा फर्काएर नेपालमा नै रोजगार, स्वरोजगार बनि आत्मसम्मान पुर्वक स्वदेशमै आत्मनिर्भर बन्ने बाताबरणको निर्माण गरियोस् । 

११. स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको राष्ट्रिय पुजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़संकल्पित उद्योगी, व्यवसायीहरुलाई प्राथमिकता राखेर लगानी गर्ने बाताबरणको निर्माण गरि लगानी सुरक्षित गरिदिने बाताबरणको निर्माण गरियोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *