युवाहरुलाई लागू औषधमा फसाउन तस्कर सक्रियः प्रहरी महानिरिक्षक खनाल

माघ ३ चितवन । नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले युवाहरुलाई लागू औषधमा फसाउन तस्कर नै सक्रिय रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा लागु औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि स्थापित कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको शुक्रवार उद्घाटन गर्दै महानिरिक्षक खनालले तस्करै कारण युवायुवतीहरु लागू औषधमा फसेको बताए ।   

उनले त्यस्ता तस्करहरुलाई निस्तेज पार्न आफु मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । अप्राकृतिक मृत्युमा ८० प्रतिशत लागु औषधको कारण भएको र लागुऔषध प्रयोग कै कारण धेरै अपराधिक घटना हुने गरेको खनालले बताए ।   

उनले लागु औषधको माग घटाउनका लागि समुदाय स्तरमानै सचेतना आवश्यक रहेकोमा जोड दिए । कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *