के हो माइग्रेन ? लक्षण र रोकथाम

पुस १७ ।  माइग्रेन एक प्रकारको टाउको दुखाइ हो ।  यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् । 

मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ । 

लक्षणहरु   

Image result for के हो माइग्रेन

– टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । 

–  जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ । 

–  यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । 

– माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म लागिरहने) रोग हो । जसले गर्दा यसका लक्षण वेलावेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्ण रूपमा निको हुन लामो समय लाग्न सक्छ । 

– माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । 

– टाउकोको नसा धड्किरहेको जस्तो हुन्छ । अचानक टाउको एक भागबाट दुख्न सुरु गर्दछ । बिस्तारै टाउकाको पूरै भाग दुख्ने गर्दछ । 

– माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । 

–  माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । 

–  माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । 

–  माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । 

–  यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । 

रोकथाम 

माइग्रेनको रोकथाम दुई किसिमबाट गर्न सकिन्छ । औषधि सेवन र जीवशैलीमा परिवर्तन । टाउको सहनै नसक्ने गरी दुखेमा डाक्टरको सल्लाह लिनुपर्दछ र कम गर्ने औषधि सेवन गनुपर्दछ ।   

त्यसैगरी, शारीरिक व्यायाम गने, धूमपान, मध्यपान नगर्ने, स्वस्थकर खानेकुरा खानेजस्ता सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ । 

अनिद्राले माइग्रेनलाई असर पुर्याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ । 

निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =