धरानका पूर्वमेयर राईको निधन

  

माघ ६, काठमाडौँ । सोमबार दिउँसो धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको ६० वर्षको उमेरमा  निधन भएको छ ।   

क्यान्सर रोगबाट ग्रसित राईको उपचारको क्रममा आज दिनको १ बजे  ललितपुरकाे पाटन अस्पतालमा निधन भएको हो ।   

alt

धरानमा राईलाई बचाउनको लागि धेरैले आर्थिक सहयाग गर्दै आईरहेका थिए ।  पूर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठले  अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएकाे बताए ।   

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए ।   

उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =