यस्तो बन्यो चार किलरबारे ‘मलंग’को ट्रेलर
२०७६ पुस २३ गते

पुस २३, काठमाडौँ । मोहित सुरीद्वारा निर्देशित चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक गरिएको छ ।
२ मिनेट भन्दा लामो उक्त ट्रेलरमा चार किलर देखाइएको छ । जसमा उनीहरुलाई कसैलाई मार्नु ठूलो कुरा नभएको उल्लेख गरिएको छ ।
चलचित्रमा अनिल कपूर, आदित्य राय कपूर, दिशा पाटनी र कुनाल केम्मु लगायत कलाकारको मुख्य भुमिका रहेको छ । माघ २४ गते देखि प्रर्दशन हुने यस चलचित्रको ट्रेलर सार्वजनिक गर्दै अनिल कपूरले लेखेका छन्, ‘पागलपन सुरु, मलंगको ट्रेलर जारी ।’

https://youtu.be/sft5baUuzQs
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








