नेकपा भित्रको विवाद मिल्यो, सभामुखमा अग्नि सापकोटा

माघ ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सभामुखको टुङ्गो लगाएका छन् ।  लामो समयदेखि विवादमा रहेको सभामुखका विषयमा नेकपाले टुङ्ग्याएको हो ।   

आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएका हुन् ।   

सभामुखमा दुई अध्यक्षको सहमति पछि आजै बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्ने बालुवाटार श्रोतले जानकारी दिएको छ ।   

Image result for agni sapkota

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ । महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *