प्रहरी हवल्दारद्वारा आफैंले कन्चटमा गोली हानी आत्महत्या

पुष २७, जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले आफैंले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । 

बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए । 

घुमुवा प्रहरकिा रुपमा रहेका कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए ।   

उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =