उखु बेच्ने वित्तिकै किसानको हातमा पैसा आउने व्यवस्था गछौं : उद्योगमन्त्री
मकालु खबर
२०७६ पुस १७ गते
पुष १७, काठमाडौं । उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बतनाउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । बिहीबारको राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हन् ।
उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताए ।
उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनले बताए ।
मकालु खबर
२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित