राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा मतदान, सकियो गणना सुरु

माघ ९, जनकपुर । प्रदेश नम्बर २ राष्ट्रियसभाको रिक्त रहेको चार सिटका लागि बिहीबार भएको मतदान प्रक्रिया सकिएकोसंगै मतगणना सुरु भएको छ । महेन्द्र नारायण निधि प्रतिष्ठानमा गतगणना सुरु भएको निवार्चन आयोगले जनाएको छ । मतगणनाको सबै नतिजा बिहीबार रातिसम्म आइसक्ने बताइएको छ ।
निर्वाचनमा शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् । प्रदेश नम्बर २ मा नेकपा–राजपा गठबन्धन र काँग्रेस–सामाजवादीको गठबन्धनमा चुनावी प्रतिस्पर्धा भएको छ ।
निर्वाचनमा महिला पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा रहेका छन् भने, दलित तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन् ।

त्यस्तै, अल्पसंख्यक समूहमा नेपाली काङ्ग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा छन् भने अन्य समूहतर्फ एकै परिवारका दाजुभाई समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन् ।








