रत्ननगर महोत्सवमा फरक क्षमता भएकाको दौड

माघ ८, चितवन ।   चितवनको टिकौलीमा चौरमा जारी रत्ननगर महोत्सवमा बुधवार फरक दृख्य देखियो ।  फरक क्षमता ( दृष्टिविहीन) भएकाहरुले डोरी समातेर दौडिएको दृश्यले धेरैलाई  आकर्षित गर्यो ।  उनीहरुले कसरी दौडिन्छन भनेर हेर्नेहरु थुप्रै थिए ।  

एक सय मिटरको डोरीमा उनीहरुले  प्लाष्टिकको पाईपले समातेर दौडिएका थिए । महोत्सव आयोजक रत्ननगर उद्योग बाणिज्य संघले फरक क्षमता भएकाहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि दौड प्रतियोगिता महोत्सवस्थलमै राखेको थियो । बिभिन्न व्यक्तिहरु लक्षित कार्यक्रम भइरहदा फरक क्षमता भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवमा उनीहरुबीच दौड प्रतियोगिता राखिएको महोत्सवको खेलकुद संयोजक दिनेश कट्टेलले बताए । 

 प्रतियोगितमा झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थी सहभागी थिए । सो विद्यालयमा अध्ययनरत सिर्जन थापा प्रथम भए । सुनिल थापा मगर द्धितिय हुँदा सोमराज भुजेल तृतिय तथा विष्णु लामाले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमस नगद ५ हजार,३ हजार,२ हजार र १ हजार रुपैया पुरस्कार पाए ।   

बुधबारनै महोत्सवस्थलमा रक्तदान कार्यक्रम समेत गरिएको छ । चितवनमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै महोत्सव स्थलमा नै खुला रक्तदान कार्यक्रम गरिएको महोत्सवका संयोजक एवंम् रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका थिए । पुष २५ गते सुरु भएको १० औं संस्करणको रत्ननगर महोत्सव विहीवार समापन हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले प्रत्येक दुई दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *