राष्ट्रियसभा उम्मेद्वारको टुङ्गो लगाउन नेकपा सचिवालय बैठक जारी, कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

पुष १७, काठमाडौँ । राष्ट्रियसभा सदस्यको उम्मेद्वारको टुङ्गो लगाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ भने उम्मेदवारको टुङ्गो लगाउन प्रतिपक्षी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजे बोलाइएको छ। 

माघ ९ गते हुने चुनावका लागि निर्वाचन आयोगले मनोनयनको मिति आइतबारका लागि तोकेको छ। राष्ट्रियसभाका ५९ सदस्यमध्ये १८ जनाको चुनाव हुन लागेको हो। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका डा युवराज खतिवडाको कार्यकाल पनि फागुन २० गते सकिँदै छ। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रदेशसभाका उम्मेदवारहरुको छनोट हुनेछ। र अरु समसामयिक विषयमा समेत छलफल गरिनेछ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *