सौराहामा हात्तीको पिकनिक …

पुष १६ चितव । हात्तीको पिकनिक भन्ने वित्तिकै जो कोहीले पनि पत्ताउदैनन् । मान्छेहरु पिकनिकमा रमाउँछन् तर हात्तीको पनि पिकनिक हुन्छ भन्ने धेरैलाई मनमा जिज्ञासा हुन्छ ।   

निकुञ्ज र सामुदायिक वनमा सफारीमा व्यस्त हुने हात्तीहरुको पनि पिकनिक हुन्छ भन्नु त्यो स्वभाविक पनि हो । तर चितवनको सौराहामा बुधवार फरक दृश्य देखियो । हात्तीका लावालस्करमा बसेका हात्तीहरु पिकनिकमा रमाए ।   

१६ औं हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनले हात्तीका लागि पिकनिक आयोजना गरेको हो ।  महोत्सबको ७ औं दिन बुधवार बाघमारा चौरमा भएको पिकनिकमा हात्तीका लागि स्याउ, सुन्तला, केरा, उखु लगायतका परिकार खुवाईएको थियो ।   

चिवतनका सफारीमा प्रयोग हुने झण्डै सय हात्तीहरुलाई पिकनिकमा सहभागी गराइएको हात्ती पिकनिक कार्यक्रमका संयोजक ध्रुव गिरीले बताए । हात्तीको पिकनिक हेर्न सौराहा आएका आन्तरीक तथा वाह्य पर्यटकहरुको भीडनै थियो । नेपालमा जंगली र घरपालुवा गरी करिव ५ सय हात्ती रहेको तथ्यांक छ । विश्वभर ३५ देखी ४० हजार हात्ती रहेको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *