प्रतिनिधिसभाको दोश्रो बैठक चार बजे बस्ने
माघ ६, काठमाडौँ । प्रतिनिधिसभाको दोश्रो बैठक आजै दिउँसो ४ बजे बस्ने गरी पहिलो बैठक स्थगित भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको पहिलो चरणको बैठकले बैठकको कार्यसूचीमा रहेका कार्यक्रम हटाएको छ ।
उपसभामुख तुम्बाहाङ्फेले लामो समयदेखि सभामुख पद रिक्त रहेको जानकारी दिँदै प्रतिनिधिसभामा बहुमत प्राप्त दललले आफ्नो तर्फबाट नेतृत्वको दाबा गरेको अवस्था र संबैधानीक र कानुनी अवस्थामा अफुले सहजिकरण गर्न आफु तत्पर रहेको बताइन् । उनले दलहरुले सभामुखबारे महत्त्वपूर्ण निर्णय गरेपछि आफूले मार्गप्रशस्त गर्ने प्रतिबद्धता बारम्बार जनाउँदै आएको स्मरण गराइन् ।
उपसभामुख पदमा आफूले निर्वाह गरेको भूमिका, सभामुख चयनमा भएको विलम्ब लगायतका विषयमा आफ्नो धारणा राख्दै उनले सभाबाट उपसभामुखका हैसियतबाट औपचारिक रुपमा बिदा लिँदै दिउँसो ४ बजे अर्को बैठक बस्ने गरी पहिलो बैठक अन्त्य गरेकी हुन् ।
४ बजे बस्ने बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभामा जेठो सदस्यका रुपमा रहेका महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।