पोखरामा पक्राउ परे सांसद दीपक मनाङ्गे
मकालु खबर
२०७६ माघ ९ गते
माघ ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार कुटपिट गरेपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो।
जिल्ला प्रशासन कार्यालयले बिहीबार मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उजुरी दर्तापछि बुधबार मनाङेले पत्रकार सम्मेलन गरी आफूले गल्ती नगरेको दाबी गरेका थिए। ‘ठगलाई मैले झापड नहानेर माला लगाउने त ?’, उनले भनेका थिए, ‘पुलिसले यसै पक्रन मिल्दैन।’
उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा समेत ठग भएको आरोप लगाएका थिए।
मकालु खबर
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित