मौसम: उच्च पहाडि तथा हिमालि भू-भागमा वर्षा/हिमपात हुने

पुस १६, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।
देशको पूर्वी भू-भागहरुमा सामान्य देखि पुर्ण बदलि र बांकि भू-भागहरुमा आंशिक देखि सामान्य बदली बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
मौसम बदलि संगै वर्षा/हिमपातको पनि संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १६ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाड तथा तराईका १/२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
राती: देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका १/२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
पौष १७ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
राती: देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
पौष १८ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
रातीः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।








