लिओनेल मेस्सीको प्रमुख प्रस्ताव बार्सिलोनाद्वारा अस्विकार
एजेन्सी । माघ १० । बार्सिलोना ट्रान्सफर मार्केटमा नयाँ खेलाडी चयनमा निस्किएको छ । बार्सिलोनाले फरवार्डको खोजि गर्दै गर्दा बार्सिलोना स्टार लिओनेल मेस्सीले खेलाडी प्रस्ताव गरेका थिए । लुइस स्वारेजको ढल्दो उमेरसंगै बार्सिलोनाले नयाँ खेलाडी ल्याउने योजना बनाएको हो । मेस्सीको नजरमा परेका खेलाडी हुन् म्यानचेस्टर सिटीका सर्जियो अगुएरो तर, बार्सिलोनाले उक्त प्रस्ताव अस्विकार गरेको छ ।
सिटीका अगुएरोले आफ्नो नाममा २४९ गोल दर्ता गरिसकेका छन् र उनको सम्झौता सिटीका निम्ति २०२१ मा सकिदै छ, स्वारेज हाल चोटका कारण मैदान बाहिर छन् र लामो समय मैदान बाहिर नै रहेन भएका छन् । यस कारण समेत बार्सिलोनाले हतार नयाँ खेलाडी उनको विकल्प स्वरूप ल्याउने तरखरमा देखिएको हो ।
प्रिमिएर लिग हेबी वेट अगुएरो माथि मेस्सीले पहल थालनी गरेका थिए तर बार्सिलोनाका आधिकारिक सदस्यले उनको इच्छामा कुनै चासो राखेनन । यस अघि समेत प्रशिक्षकसंग मेस्सीले विभिन्न माग राख्दा उनको माग पुरा भएन र सेटिनको प्रशिक्षणमा उनको मागको सम्बोधन होस् ।
बार्सामा हाल नयाँ अफवाहले स्थान पाएको छ । बार्सिलोना हाल आर्सनलका आबुमेयाँग ल्याउन तयारीमा थालेको कुरा चर्चामा देखिएको छ । तर उक्त अफबाहले नयाँ रुप लिने के हो भन्न अझै समय कुर्नु पर्ने देखिन्छ तर मेस्सीको प्रस्ताव भने बार्सिलोनाले सहजै अस्विकार गरेको देख्न सकिन्छ ।