आज बुधवार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पुस १६, काठमाडौं । वि.सं. २०७६ पुस १६। बुधबार। इ.स. २०२० जनवरी १। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। षष्ठी, १६:५९ उप्रान्त सप्तमी। नक्षत्र– पूर्वभाद्रपदा, २७:३१ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– व्यतीपात, २१:४० बजेउप्रान्त वरियान्। करण– तैतिल, १६:५९ बजेदेखि गर, ३०:०४ बजेउप्रान्त वणिज। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कुम्भ, २०:५१ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २५ घडी ४ पला। पञ्चक। सन् २०२० 

तपाईँको आजको राशिफल 

मेष 

null

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । 

वृष 

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । 

मिथुन 

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । 

कर्कट 

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भने सहयोग मिल्नेछ । 

सिंह 

आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यको चर्चापनि चल्नेछ । 

कन्या 

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

तुला 

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 

वृश्चिक 

 आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनि मुस्किल पर्ला । 

धनु 

 आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ । 

मकर 

 आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ । 

कुम्भ 

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । 

मीन 

 सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । –  ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =