संसदीय समितिहरुको निर्देशन नै मान्दैनन् मन्त्री र कर्मचारीहरु

पुष २८, काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् । 

सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने बताएका छन् । 

सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाईन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन् । 

Image result for राष्ट्रियसभा

‘दशै अगाडि गएर खसी बजारको पसलेहरुसँग कुरा गरेर आयौँ । यो भएन, त्यो भएन् भनेर उनीहरले धेरै कुराहरु गरे । अब अहिले फेरि अनुगमनमा जाउँ भने त्यस्तै स्थिति छ भनेदेखि हाम्रो क्रेडिबिलिटी के हो रु हामीले हिजो उठाएका प्रश्न्हरु केही पनि समाधान नहुने रु’ उनले भनिन्, ‘हामीले विशेष रुपमा के रिकमेण्डेसन गरेका छौँ । त्यसको प्रगति के भयो रु भनेर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभागका सम्बन्धित मान्छेलाई बोलाएर पहिले सोध्ने कहिलेसम्म त्यो इन्पुट हुन्छ । त्यो डेडलाइन दिने र त्यो डेडलाइनपछि हामी हेर्न जाने गर्दा व्यवस्थित हुन्छ ।’ 

सांसद महेश कुमार महराले अहिलेसम्म धेरै निर्णयहरु भएपनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताए । सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उहाँले बताए । 

‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की रु’ उनले प्रश्न गरे । 

आफूहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उनले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समिति हेर्ने नजर फरक रहेको बताए । ‘प्रधानमन्त्री चुन्नेमा र अभियोग लगाउने अधिकारसम्म भइदिएको भए केही सुनुवाई हुन्थ्यो की । नत्र केही छैन, हाम्रो महत्वपूर्ण २ वर्षको समयमा धेरै ग¥र्यौ तर केही रेस्पोन्स नै छैन् । संघीय संसदको संघीय सांसद हौ नी सबै । प्रतिनिधिसभामा समितिको हेर्दा अलग्गै छ । उहाँहरुले गरेका निर्देशन कार्यान्वयन होला नहोलान् तर रिस्पोन्स त गरेको छ नी । सम्बन्धित मन्त्रीहरुलाई बोलाएर कुरा राख्नुप¥यो’, उनले भने । 

सांसद मुक्ता कुमारी यादवले समितिले दिएका निर्देशनहरु कतिको कार्यान्वयनमा गए । त्यस सम्बन्धि काम के भइरहेको छ त्यसको जवाफ माग्नुपर्ने बताइन् । 

सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए । 

समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय दिने नगरेको गुनासो गरिन् । 

समितिको बैठकमा सहभागि हुन तीन दिन अगाडि नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उनको भनाई छ । सुरुसुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयता नटेर्ने प्रवृति हाबी भएको उनले बताइन् । 

सोमबार बजार अनुगमनलाई नियमित गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *