सभामुख निर्वाचन प्रक्रिया : अग्नि सापकोटाको उम्मेदवारी दर्ता

माघ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान उनले सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी  दर्ता गराएका हुन् । 

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख पद रिक्त रहेको छ ।   

यसैबीच सभामुख निर्वाचन प्रक्रियामा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =