हिमालय एयरलाइन्सले रद्द गर्याे चिनियाँ उडान

माघ १७, काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै हिमालय एयरलाइन्सले आफ्नो चीनतर्फको सबै उडान रद्द गर्ने भएको छ ।   

चीनमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि एयरलाइन्सले चीनतर्फको आफ्नो पाँचवटै उडान रद्द गर्न लागेको हो । 

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि एयरलाइन्सले १० माघमा नै तीन वटा प्रमुख सहरको उडान रद्द गरिसकेको छ । 

Image result for हिमालय एयरलाइन्स

चीनमा कोरोना भाइरसको संक्रमण नरोकिएपछि एयरलाइन्सले चोङचिङ र बेइजिङ सहरका लागि पनि उडान र अवतरण रद्द गर्नुपरेको एयरलाइन्सका ब्रान्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभागका प्रमुख दलीले बताइन् ।   

एयरलाइन्सले फेबु्रअरी ७ मा अन्तिम उडान गर्नेछ । हिमालयले फेब्रुअरी ६ मा बेइजिङ र ७ फेबु्रअरीमा चोङचिङ अन्तिम उडान गर्नेछ । 

त्यसपछि अनिश्चित समयसम्मका लागि चीन उडान नहुने एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्योला दलीले बताइन् ।   

  

हिमालयले चोङचिङ माघ ९ गतेदेखि मात्रै उडान सुरु गरेको थियो ।   

कोरोना भाइरसकै कारण नेपालमा आउने चिनियाँ नागरिकको संख्यामा पनि कमी आएको छ । चीनमा हालसम्म कोरोनाका कारण २१३ जनाको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण अन्य १८ देशमा पनि फैलिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *