ए डिभिजन लिग : मनाङद्वारा सरस्वती पराजित

माघ १०, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत शुक्रबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी भएको छ । शरथ रंगशालामा भएको खेलमा मनाङले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । 

मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । विमलले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । सरस्वतीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । जितसँगै मनाङ तेस्रो स्थानमा उक्लिएको छ । 

मनाङको आठ खेलबाट १६ अंक छ । मनाङसँगै शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि १६ अंक छ । 

मच्छिन्द्र र मनाङ गा्ेल अन्तरका आधारमा पछि छन् । एक अंकमा सीमित सरस्वती तालिकाको अन्तिममा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *