छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते भोलिदेखि

पुस २६, काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवसरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता भोलि (पुस २७) देखि सुरु हुने भएको छ ।   

नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागीता रहने उक्त प्रतियोगितामाको उद्घाटन पूर्व बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले भोलि एक बिशेष कार्यक्रम बिच गर्नेछन् ।   

प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवम् नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी  ‘ईश्वर’ ले जानकारी दिए । दुई दिनसम्म निरन्तर चल्ने उक्त प्रतियोगिता नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सञ्चालन हुनेछ । 

Image result for कराते प्रतियोगिता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *