‘दुःखको काँडा’मा पल र पूजाको रोमान्स

पुस २५, काठमाडौँ । सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘दुःखको काँडा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको ४ मिनेट भन्दा लामो उक्त गीतको भिडियोमा चलचित्रको मुख्य पात्र नायक पल शाह र नायिका पूजा शर्माको रोमान्स देख्न पाईन्छ ।
गीतको निकै राम्रो भिडियो बनाईएको छ भने अडियो पावरफूल रहेको छ । गीतको कोरियोग्राफी पनि उत्कृष्ट रहेको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् ।

यस गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।
म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको भूमिका रहेको छ ।
सांगीतिक लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्रको प्रदर्शन मिति भने फागुन २३ गते तोकिएको छ ।
https://youtu.be/UK15w8O_zWk








