फरार अभियुक्त पक्राउ

माघ ९, पर्सामा । प्रहरीले पर्सामा फरार रहेका एक अभियुक्तलाई  लुकिछिपि बसेको अवस्थामा पक्राउ परेको छ ।   

अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका -२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।   

मंगलबार प्रहरीले उनलाई  उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।   

Image result for पक्राउ

पक्राउ परेका  यादवले २०६५ भदौ २० गते राति उदयपुर घुर्मी बस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा गरेका थिए । उनको गोली प्रहारबाट गम्भिर घाइते भएकी देवमतीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनापछी उनी फरार रहेका थिए ।   

प्रहरीका अनुसार यादवलाई कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *