फरार अभियुक्त पक्राउ
२०७६ माघ ९ गते

माघ ९, पर्सामा । प्रहरीले पर्सामा फरार रहेका एक अभियुक्तलाई लुकिछिपि बसेको अवस्थामा पक्राउ परेको छ ।
अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका -२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले उनलाई उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले २०६५ भदौ २० गते राति उदयपुर घुर्मी बस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा गरेका थिए । उनको गोली प्रहारबाट गम्भिर घाइते भएकी देवमतीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनापछी उनी फरार रहेका थिए ।
प्रहरीका अनुसार यादवलाई कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको छ ।
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








