इरानमा पुनः हवाई आक्रमण, ६ जना मारिए

पुस १९, काठमाडौं । इरानको बग्दादमा फेरी अर्को हवाई आक्रमण भएको छ । आक्रमण इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै भएको जनाइएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।   

इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा पुनः अर्को आक्रमण भएको हो । दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *