अष्ट्रेलियामा पानी पर्‍योः तर डढेलोले उग्ररूप लिने अधिकारीहरूकाे चेतावनी

पुष २१, काठमाडौं । अष्ट्रेलियामा पानी परेसँगै तापमान घटेर केही राहत मिलेपनि डढेलोले पुनः उग्र रुप लिने अधिकारीहरुले चेतावनी दिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि  त्यहाँ तापक्रम पनि बढेको थियाे ।   

यसैबीच सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ । 

यद्यपि, बिहिबारदेखि तापक्रम थप वृद्धि हुने अधिकारीहरुले चेतावनी दिएका छन् । उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् । 

‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् । 

डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । 

यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् । 

तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’ एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *