विवादकाबीच प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय
२०७६ पुस २५ गते

पुष २५, काठमाडौं । विवादका बीच प्रदेशसभा बैठकले ३ नम्बर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।
यसैबीच सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।
२०७६ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








