एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

माघ ८, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ ल्याएको छ । 

एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको सो योजना आज (बुधबार) बाट सञ्चालनमा आएको हो । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।   

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन् । 

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक  लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा प्राप्त गर्नेछन् । 

यसमा पे यज यु यो रेट लागु नहुने एनसेलले जनाएको छ । साथै पर्यटनहरुले आफ्नो नेपालको बसाईं र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि तिस दिनसम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्नेछन् ।   

पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित २९० पर्छ । यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।   

७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।   

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित २ हजार ८ सय ८८ मा  ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् ।   

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्ने छन् । 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने एनसेलको विश्वास छ ।   

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *