पुडासैनी आत्महत्या प्रकरणः रबि सहित तिनै जनाले पाए सफाइ

माघ ५, चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो। 

यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो। 

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। पत्रकार पुडासैनीको गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो। 

Image result for पुडासैनी आत्महत्या प्रकरणः

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =