पूर्वपत्नी अमृतालाई सम्झदै यस्तो भने बलिउड अभिनेता सैफले…

माघ ९, काठमाडौंमा । बलिउड अभिनेता सैफ अलि खान अहिले उनको फिल्म ‘जवानी जानेमन’को प्रमोशनमा छन् । उनको यो फिल्म जनवरी ३१ मा रिलिज हुँदैछ । यसै सिलशिलामा उनले एक अन्तरवार्ता दिए जसमा पूर्वपत्नी अमुता सिंहको बारेमा बताएका छन् ।
पटौदी खानदानका नवाब सैफ अली खान र करीना कपूरको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । उनीहरुको एउटा छोरा पनि छन् ।
तर, करीना सैफकी दोस्री पत्नी हुन् । उनले पूर्वपत्नी अमृता सिंहसँग सम्बन्धविच्छेद भएपछि करीनासँग विवाह गरेका थिए । सन् १९९१ मा विवाह गरेका अमृता र सैफको २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

सम्बन्धविच्छेद भएको १६ वर्षपछि पुनः एकपटक सैफले पूर्वपत्नीलाई सम्झिएका छन् ।
सैफ अली खानले आफ्नी पूर्वपत्नी अमृतालाई लिएर खुलेर बताएका छन् । भर्खरै आएको एउटा अन्तरवार्तामामा सैफ निकै भावुक भएका छन् ।
उनले आफ्नी पूर्वपत्नी अमृतासँग टाढिनुको पीडा बताउँदै भने, ‘त्यो समय मेरो लागि निकै कठिन थियो । आफ्नो छोराछोरीसँग टाढा हुदाँको पीडा कस्तो हुन्छ मैलेभन्दा धेरै कसैले सम्झिन सक्दैन । मेरो तीन जना छोराछोरी छन् तिनीहरुलाई म निकै माया गर्छु ।’
सैफको आउँदै गरेको फिल्म ‘जवानी जानेमान’ मा आधुनिक पिताको भूमिकामा देखिदैछन् । उनले उक्त फिल्मको बारेमा कुराकानी गर्दै अमृतासँग टाढा हुँदाको पीडा सेयर गर्दै भने, ‘आज पनि त्यो पीडादायी पललाई भुल्न सकेको छैन । जो कोहि बालबालिकाको लागि परिवारको साथ हुनु निकै महत्वपूर्ण कुरा हो तर मेरो छोराछोरीले त्यस्तो मायाबाट बन्चित हुनुपर्यो ।’
सैफले एउटा परिवारको दुई जना छुट्टिदा छोराछोरीमा कस्तो असर पर्छ भन्ने कुरा बुझ्न निकै कठिन हुन्छ । र त्यसमा आमाबाबुको भावनालाई बुझ्न झनै कठिन हुन्छ ।








