सुर्य नेपाल इष्टर्न ओपन गल्फ टुर्नामेन्टमा कसले कुन पुरस्कार पाए ?

माघ १२, धरान । धरान स्थित निर्वाणा गल्फ रिसोर्टमा जारी सुर्य नेपाल इष्र्टन ओपन गल्फ प्रतियोगिताको प्रो.एम तर्फ भुवन नगरकोटी, हेमन्त थापा, लेखि सुब्बा र एसपी भिम दाहाल भएका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा धन थापा, सुन्दर राई, सम राई र सन्ध्या राई दोस्रो हुँदा शुक्र राई, नोर्खिन पाख्रिन, सुमित्रा राई र योगेश राई तेस्रो भए ।
प्रतियोगिताको वुमेन्स वेस्ट प्लेयरको उपाधि सन्ध्या राईले प्राप्त गरिन् ।

उनीहरुलाई १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टका म्यानेजिङ डाइरेक्टर शशीराम भण्डारी तथा श्रीमती कल्पना भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
यस अघि अघिल्लो दिन सम्पन्न सुर्य नेपाल इष्टर्न ओपन गल्फ टुर्नामेन्टको उपाधि मणी राईले हात पारेका थिए ।
कसले कुन पुरस्कार प्राप्त गरे ?
सुर्य नेपाल ओपन गल्फ टुर्नामेन्ट टुर २०२०
प्रथमः मणी राई
द्वितियः शिवराम श्रेष्ठ
तृतियः शुक्रबहादुर राई
एमेच्योर विजेता
प्रथमः निरज तामाङ
द्वितियः शुक्रराज राई
ग्रस विनरः जिवन गुरुङ
विनरः काजी तुम्वापो
फस्ट रनरअपः हेमन्त थापा
सेकेण्ड रनरअपः भरत तामाङ
सिनियर विनरः विजय राई
मोस्ट बर्डीः राम तामाङ
नियरेस्ट टु दि पीनः बोमप्रसाद लिम्बु
वुमन्स च्याम्पियन्सः सुमित्रा लिम्बु
जुनियर च्याम्पियन्सः प्रकृत तामाङ
लङगेस्ट ड्राइभः राजेश राई








