अजय देवगनको ‘तान्हाजी’ को पाँच दिनको व्यापार ९० करोड ९६ लाख

माघ १, काठमाडौं । बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको फिल्म ‘तान्हाजः द अनसङ वारियर’ले बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलिचत्रको व्यापार भारतीय बक्सअफिसमा १०० करोड नजिक पुगेको छ।
पहिलो दिन शुक्रबार १५.१० करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार २०.५७ करोड, तेस्रो दिन आइतबार २६.२६ करोड, चौथो दिन सोमबार १३.७५ करोड र पाँचौ दिन मंगलबार १५.२८ करोडसहित पाँच दिनमा ९० करोड ९६ लाख कमाइ गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

चलचित्र छैठौँ दिन १०० करोड क्लब प्रवेश गर्न सक्ने देखिएको छ।
ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘तान्हाजीः द अनसङ वारियर’ एक जना मराठा योद्धा तानाजी मालुसुरेको वीरताको कथा हो। जसमा अजय देवगनका साथै सैफ अलि खान र काजोलको मुख्य अभिनय रहेको छ। एजेन्सी








