जापानमा ३ संस्थाद्वारा पत्रकार थापा र जनप्रतिनिधी भण्डारी सम्मानित

पुस २५, जापान ।  जापान भ्रमणमा रहेका  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देशलाई ओसाकामा बिभिन्न संघ संस्थाले सम्मान गरेका छन ।  

गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति जापान कान्साई र स्टार ग्रुप ओसाकाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन । एक दशक देखि पत्रकारिता मार्फत समृद्व समाज निर्माण गर्न उल्लेख्य भूमिका खेलेको भन्दै पत्रकार थापालाई खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको गलकोट गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका सल्लाहकार सुमिट खत्रीले जानकारी दिए । 

पत्रकार थापा बागलुङमा रहेर एक दशक देखि पत्रकारितामा सकृय रहँदै आएका छन । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्व रहेर सामाजिक अभियान्ताको रुपमा काम गर्दै आईरहेका छन । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामु र शाखाको निमन्त्रणामा पत्रकार थापा अहिले जापान भ्रमणमा रहेका छन । सो अवसरमा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्त पनि सम्मान गरिएको छ ।  

IMG_1141.jpeg

२०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष भण्डारीले समृद्व गलकोट निर्माणमा पुर्याएकाे योगदानको कदर गर्दै खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको जनसम्पर्क समिति जापानका प्रतिनिधी यदुराम सापकोटाले बताए । जापान भ्रमणको सिलसिलामा रहेका भण्डारीलाई ३ वटा संस्थाले संयुक्त रुपमा सम्मान गरेका हुन । 

 सम्मान कार्यक्रम पछि बोल्दै गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जापानको विकास समृद्वि र यहाँको राम्रो पक्षलाई नेपालमा अनुसरण गरि कडा मेहनत र अनुसासन पालना गर्न सके देशलाई विस्तारै समृद्विको बाटोमा अगाडी लैजान सकिने बताए ।  

त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद पत्रकार थम्मन थापाले जापानको स्थलगत अवलोकनले धेरै कुरा अध्ययन गर्ने अवसर प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा अझै जिम्मेवारी बन्दै कार्य सम्पादन गर्न सम्मानले थप प्रेरणा प्रदान गरेको पत्रकार थापाको भनाई छ । जिग्री दोहोरी साँझ ओसाकामा आयोजित कार्यक्रममा एन आर एन ए आई सि सी सदस्य तुलसीराम खरेल, गलकोट समाज जापानका संस्थापक एवं संरक्षक हर्क थापा, संरक्षक आत्मराम गैरे, गलकोट समाज जापानका सल्लाहकार जगत थापा, एन आर एन कान्साईका उपाध्यक्ष दिलिप शर्मा र उपाध्यक्ष हरि कँडेल, गैरे सेवा समाज जापानका पदाधिकारीहरु, बिहिँकोट समाज कान्साईका पदाधिकारीहरु, गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति कान्साई र स्टार ग्रुप कान्साईका कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, शुभेच्छुकहरु लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *