खानेपानीको धारा छैन कपुरधारामा

माघ १७, काठमाडौँ । खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ । 

खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गरे ।   

खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने गरेकाले परिवेश मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ । 

Image result for खानेपानीको धारा

स्थानीयवासी मासिक रु एक हजार तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताए ।   

विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँको १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकारे ।  समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उनले बताए । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *