लनटेनिस टोली फिलिपिन्स प्रस्थान

पुस २६, काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । 

जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।   

पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन रावत तथा महिलामा शुभाङ्गीलक्ष्मी शाह र इभा अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा छेवाङ लामा छन् । 

1.JPG

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले शनिबारै सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *