सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रक्तदान कार्यक्रम

पुस १७, काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न १० स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   

पुस ११ देखि १६ गतेसम्म देशका विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाैडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।   

उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । बैंकले यस कार्यक्रमबाट देशमा भएको रक्त अभावलाई केहि हदसम्म भएपनि सहज हुने विश्वास लिएको छ । 

सबै क्षेत्रमा बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ ATM र १,६०० भन्दा बढी POS मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *