सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै मेलबर्न डर्बीमा स्टार्सको जित

पुस १९, काठमाडौं । बिग ब्यास लिगमा मेलबर्न स्टार्सले शानदार जित हात पारेको छ ।   

शनिबार भएको मेलबर्न डर्बीमा नेपाली स्पीनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै मेलबर्न स्टार्सले मेलबर्न रेनगेड्सलाई ८ विकेटले हराएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्न रेनगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाए । उक्त खेलमा सन्दीपले चार ओभर बलिङ गरे जसमा ३ विकेट लिए । उनले चार ओभरमा मात्र २६ रन खर्चिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *