मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मेयरविरुद्ध पत्रकार महासंघ धनुषाको किटानी जाहेरी

माघ १२, जनकपुर । पत्रकारहरुमाथि कुटपिट गरेको घटनामा नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरका मेयरविरुद्ध किटानी जाहेरी दिएको छ । धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध आइतबार किटानी जाहेरी दिएका छन् । 

गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका सम्वाददाता अमरकान्त ठाकुरमाथि हातपात भए पछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रविरुद्ध पनि अपशब्द प्रयोग गरिएको थियो । 

सोही विषयलाई लिएर अध्यक्ष मिश्रले आज जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् । 

पुस २२ गते मेयरकै कक्षमा पत्रकारहरुमाथि भएको हातपात घटनापछि उत्पन्न परस्थितिलाई साम्य पार्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदीपराज कणेलको संयोजनमा उपमहानगर र महासंघ बिच घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो । 

सो सहमति भएको दुई साता बितिसक्दा समेत दोषीहरुलाई कानूनी दायरामा नल्याएकोले घटना घटाउने मेयरविरुद्ध किटानी जाहेरी दिनु परेको महासंघका अध्यक्ष मिश्रले बताए । 

रासस 

प्रतिकृयाहरु
Loading...