‘सिद्धबाबा’लाई धरौटीमा रिहा गरेको विरोधमा चतरामा प्रदर्शन


पुष १६, सुनसरी । देशभर दिनानुदिन बलात्कारको घटना बढेको र बलात्कारीलाई कारबाही विनानै अदालतले धरौटीमा छाड्ने गरेको भन्दै सुनसरीको चतरामा आज (बुधबार) प्रदर्शन भएको छ ।
धार्मिक स्थल चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले कारबाही नै नगरि धरौटीमा छोडेको विरोधमा स्थानीय बिभिन्न सघ संस्था सम्बध महिला समहुले र्याली निकालेर विरोध जनाएका हुन् ।
दोषीलाई हदैसम्मको कारबाहीको माग सहित प्रदर्शन गरिएको हो । र्यालीमा महिला सञ्जाल, युरेक नेपाल, पारालिगल लगायतका संघसंस्था तथा स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
र्यालीमा सहभागिले महिला हिंसा बन्द गर, बलात्कारीलाई कारबाही गर, सम्पुर्ण महिला अधिकारकर्मीहरु एक हौ, शानती सुरक्षा कायम गर, पीडितलाई न्याय दे, धर्मको आडमा अपराध गर्न पाईदैन, कृष्णदास चतरा छोड जस्ता माग सहितको प्लेकार्ड र ब्यानर बोक्दै नाराबाजी गरेका थिए ।
