कन्सर्टबाट उठेको रकमले ईमानुएल अर्फनेज होमका बालबालिकालाई न्यानो कपडा

पुस १६, सुनसरी । धरान १३ शिवधारा स्थित ड्रिम्स लाउन्ज एण्ड बारमा सम्पन्न गरेको कन्सर्टबाट उठेको रकमले जाडोको समयमा आयोजनाले न्यानो कपडा बितरण गरेको छ ।   

विन्टर नाईट विद सुरेश कुमार नाम दिईएको कन्सर्टका आयोजक विवस रूचाल, बबिन भण्डारी र सुजित श्रेष्ठले इमानुएल अर्फनेज होमका १७ जना बालबालिकाहरूलाई गत सोमबार न्यानो कपडा वितरण गरेका हुन । 

बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएकोले पनि २० हजार बराबरको कपडा वितरण गरिएको कार्यक्रम सम्योजक विवस रूचालले बताए ।   

बालबालिकाहरूका लागी रन्जित राईबाट १० वटा, विभु श्रेष्ठबाट ४ वटा र हाङ्मा राईबाट ३ वटा ज्याकेट समेत प्राप्त भएको थियो । 

सो न्यानो कपडा बितरण कार्यक्रममा होममा आश्रित एनोस तामाङ, निश्चल गिरी, अन्जान लिम्बु, डेबिड लिम्बु, ओमेश सुब्बा, प्रतिमा तामाङ, आशिष तामाङ, केरीना थापा, विना लिम्बु, भिमा लिम्बु, मिना लिम्बु, अनिता लिम्बु, आयुप लिम्बु, ह्यापिसन लिम्बु, सुमित लिम्बु, सृस्टिमा लिम्बु र रोशन लिम्बुलाई ज्याकेट प्रदान गरीएको थियो ।   

वितरण पश्चात होमका संचालक जिवन लिम्बुले सहयोगका लागी धन्यवाद व्यक्त गर्दै बालबालिकाहरूको पालन पोषणका लागी इच्छुकहरूले सहयोग गरीदिनुहुनका लागी समेत आग्रह गरेका थिए, भने कार्यक्रममा गायक डिल्ली फोम्बोको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *