आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

माघ १२, काठमाडौं । काठमाडौंमा दिनदहाडै आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुट्ने ६ जनालाई प्रहरीले शनिबार  पक्राउ गरेको हो ।   

लुटपाटमा संलग्न दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *