नेपालका ४६ जिल्लामा पुग्यो ओम उप्रेतीको निःशुल्क प्राथमिक उपचार तालिम अभियान

पुष २७, काठमाडौं । युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित निःशुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न गरेका छन् ।   

विदेशमा सिकेको सीप नेपाल र नेपाली जनताको सेवाको लागि निःशुल्क समर्पित गर्ने उदेश्यले २०७४ चैत १ देखि सुरु भएको यो तालिम चौथो चरणसम्म पुग्दा ३८ जिल्लामा पुगेको थियो ।   

यसै अभियान अन्तर्गत पाँचौ चरणको तालिम पनि  सम्पन्न भएको  अभियन्ता उप्रेतीले जानकारी दिए  । 

सो तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत  सहयोग गरेका थिए । युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएई, नेपाल पत्रकार महासंघ युएई लगायतका केही जिल्ला समाजले पनि संस्थागत सहयोग गरेको अभियानका समन्वयकर्ता लछुमन काफ्लेले  जानकारी दिएका छन् ।   

 यो अभियानको पाँचौ चरणको तालिम कार्यक्रम गत जनवरी १ देखि प्रदेश नम्बर २ का सात जिल्ला र मकवानपुर साथै चितवनमा भएको थियो ।   

विभिन्न जिल्लाहरुमा क्रियाशील सामाजि, शैक्षिक, व्यावसायिक, स्वास्थ्य संस्थाहरुलाई तालिम संयोजनका लागि आह्वान गरिएको र सबै क्षेत्रबाट उत्साहपुर्वक सहभागिता रहेको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिए ।   

पाचौं चरणको पहिलो तालिम सप्तरी जिल्लाबाट सुरु भएको थियो  ।  पुष १६ मा नरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज १६ मा सम्पन्न तालिममा करिब २ सय  जना प्रशिक्षार्थीहरुले सहभागिता रहेको थियो ।   

दोस्रो दिनको तालिम सिरहाको जिल्ला समन्वय समिति हलमा सम्पन्न भएको थियो । त्यस्तै तेश्रो दिन धनुषा जिल्लामा पुष १८ सम्पन्न भएको थियो ।  शुभकामना प्रशिक्षण केन्द्र जनकपुर उपमहानगरपालिका ८ दस्था नगरमा  भएको थियो ।   

चौथो दिन महोत्तरी जिल्लामा यो तालिम आयोजना गरिएको थियो । सामुदायिक भवन, रामगोपालपुर नपा ४ मा तालिम सम्पन्न भएको हो ।   

यसैगरी पाचौं दिन निःशुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा भएको थियो ।   

पुष २० गते भएको तालिमा  कर्मचारी मिलन केन्द्र, गौर बजारमा यो तालिम भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिएका छन् । 

यो अभियानको छैटौं दिन बारा जिल्लामा गत पुस २१,सोमबार तालिम आयोजना गरिएको थियो । बारा उद्योग वाणिज्य संघ निजगढमा तालिम सम्पन्न भएको थियो ।   

अभियानको सातौं दिन अन्तरगत पुष २२ गते वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा तालिमको आरोजना गरिएको थियो ।   

यो अभियानमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा पनि सञ्चालन गरिएको थियो । पुष २३ गते त्रिभुवन मावि, हेटौंडा ११, नवलपुरमाआयोजना गरिएको हो ।   

तालिम अभियानको पाँचौ चरणको प्रशिक्षण अभियन्ता ओम उप्रेतीले आफ्नै गृहनगर चितवनमा आयोजना गरेका थिए ।  कपिया उच्च माविमा तालिम आयोजना भएको अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताए ।   

गत बिहीबार सो तालिमको समापन गरिएको थियो । सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक निखिल उप्रेती, रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्मा, निर्देशक विनोद मानन्धर लगायतका कलाकार तथा गायकगायिका उपस्थित  भएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *