गर्भवती महिलाले जाडो मौसममा आफ्नो ख्याल यसरी राख्नुहोस्

माघ ८, काठमाडौं ।  गर्भावस्थामा चिसो लाग्नु सामान्य समस्या मानिन्छ । यो समस्या गर्भावस्था बाहेक अन्य अवस्थामा औषधि खाएर निको पर्न  सकिन्छ भने गर्भावस्थामा औषधि खानु हदैँन त्यसैले प्राकृतिक उपाय बाटै   समस्याको  समाधान गर्नु पर्छ । 

गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसका कारण  स्वास्थ्यमा विभिन्न खाले  समस्याहरु देखिन्छन् । गर्भवती महिलाले जाडोबाट  जोगिन प्राकृतिक वा घरेलु उपचार अपनाउँनु पर्छ ।   

गर्भावस्थामा चिसोबाट जोगिनका लागी सजिलो र सुरक्षित घरेलु उपचारहरू यस्ता छन्ः 

Image result for pregnant women in winter

नुन पानी 

नुन पानीले गर्भावस्थामा चिसोबाट जोगिन मद्दत गर्दछ। यसले ब्याक्टेरिया र भाइरसहरू हटाउँछ ।  गर्भावस्थामा चिसो र खोकीबाट राहत पाउँने  यो उत्तम  उपचार हो। एक गिलास तातो पानीमा आधा चम्चा नुन हालेर खाए खोकी र घाँटी दुख्ने समस्या कम हुन्छ ।   

बामको स्टिम लिने   

चिसो मौसमका कारण भएका समस्याहरु बाट छुटकारा पाउँनका लागि  बामको स्टिम निकै प्रभावकारी मानिन्छ । तातो पानीको  भाँडामा बाम राखेर र  स्टीम लिन सकिन्छ । यसो गर्दा रुघाखोकी लगायत चिसो पनि हटाउँछ ।  घाँटी दुखाइ कम गर्न बामको स्टिम निकै फाइदाजनक हुन्छ। 

लसुन   

लसुनको प्रयोगले  चिसोसँग लड्न मद्दत गर्दछ। केही चिकित्सा अनुसन्धानले लसुन खानाले गर्भावस्थामा रक्तचाप कम गर्न, रक्त संञ्चारलाई बढावा दिन र कोलेस्ट्रोलको स्तर कायम राख्न प्रभावकारी हुने पुष्टि गरेको छ ।   

अदुवा 

अदुवा गर्भावस्थामा चिसो रोकथामको लागि उत्तम घरेलू उपचारहरू मध्ये एक हो। अदुवाको सानो टुक्राहरु पानीमा उमालेर त्यसमा कागती र मह घोलेर पिउँदा   चिसोबाट सजिलै छुटकारा पाउन सकिन्छ । यसले रक्त संचारमा सुधार ल्याउँनुका साथै संक्रमण पैदा गर्नदिदैन् र  ब्याक्टेरियाहरु सँग लड्न मद्दत गर्दछ।   

नरिवलको तेल   

नरिवल तेलमा रहेको लौरिक एसिडले भाइरसको वरपरको लेपलाई नष्ट गर्न र संक्रमणसँग लड्न मद्दत गर्छ। रुघाखोकी वा गर्भावस्थामा चिसोले विभिन्न खाले समस्या  उत्पन्न  गराएको छ भने ,  नरिवलको तेल सरल र उत्तम उपचार हो। चिसोबाट राहत पाउन कुनै पनि तातो खानामा एक चम्चा नरिवलको तेल हालेर खाएमा चिसोले निम्त्याएको समस्या कम गर्न सकिन्छ ।   

प्याज 

प्याज गर्भावस्थाको चिसोका लागि सबैभन्दा प्रभावकारी आयुर्वेदिक उपचार हो। प्याजमा सल्फ्यूरिक यौगिक हुन्छ, जुन भाइरस र ब्याक्टेरिया संक्रमणलाई मार्न उपयोगी मानिन्छ छ ।   

मह र कागती   

मह र कागती  मिश्रण  गरेर खादा लाभदायक मानिन्छ । कागतीमा भएको भिटामिन सी ले प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ ।  एक गिलास तातो पानीमा एक चम्चा मह र एक चम्चा कागतीको रस हालेर दिनमा दुईदेखि तीन पटक पिउदा खोकीबाट राहत पाउन सकिन्छ ।   

स्वस्थ्य आहार   

स्वस्थ्य आहार खानाले गर्भावस्थामा मात्र नभई सामान्य अवस्थामा पनि शरीरलाई उर्जा प्रदान गर्छ। गर्भवती महिलाहरूले चिसोबाट राहत पाउन थोरै तर समय समयमा खाना खाइरहनुका साथै  ताजा फलफूल, तरकारी लगायत अन्य स्वस्थ्य खानेकुरा पनि खानु पर्छ ।   

शारीरिक व्यायम   

गर्भावस्थामा  चिसो लागेमा हल्का व्यायाम गर्न सकिन्छ । सक्रिय रहनाले शरीरलाई न्यानो राख्छ। व्यायामले रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्दछ । त्यसैले गर्भावस्था केही सुरक्षित अभ्यासहरू गर्नु राम्रो मानिन्छ । महिला स्वास्थ्यबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *