ओली-प्रचण्ड संवाद : अब लगातार छलफल गर्ने सहमति

माघ २, काठमाडौँ । सभामुखबारे पुनः छलफल प्रक्रिया शूरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लगातार छलफल गर्ने सहमति भएको छ । 

सभामुखको विषयमा निर्णय गर्न नसकेपछि गएको आइतबारदेखि दुई अध्यक्षबीच सम्वादनै हुन सकेको थिएन । ५ दिनको मौनतापछि प्रधानमन्त्री समेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको हो । 

बिहीबारको छलफलमा दुई नेताबीच सभामुखको विषयलाई लिएर देखिएको तिक्तता मेट्ने र सहमतिमा उम्मेदवार चयन गर्नेबारेमा केन्द्रीत भएको  स्रोतको दावी छ । सभामुखका विषयमा शुक्रबार पुनः छलफल हुने बताइएको छ ।   

स्रोतका अनुसार बिहीबार दुई अध्यक्षका बीचमा माघ ६ गतेको बैठक बस्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा एकमत भएका छन् । 

गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि भएको दुई नेताबीचको छलफल निश्कर्षमा नपुगेपछि माघ ६ गतेसम्मलाई बैठक स्थगित गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *